Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान र आरएमडीसी लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो (सूचनासहित)

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, ११ : ३४ मा प्रकाशित

साना किसान र आरएमडीसी लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो (सूचनासहित)

साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ ।

यी दुवै संस्थाले एकआपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सम्झौतापश्चात् दुवै कम्पनीको एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनिमय १० बमोजिमको अन्तिम सम्झौतापत्रमा मर्जरपश्चात दुवैको स्वाप रेसियो तोकिएको छ ।

साना किसानको १ शेयर बराबर १ शेयर कायम हुने तथा आरएमडीसी लुघवित्तको १ शेयर बराबर ०.८७ शेयर (१ः०.८७) अनुपात निर्धारण गरी फागुन १८ गते दुवै संस्थाका संचालक समितिहरुले हस्ताक्षर गरेको जारि सूचनामा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको