Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्मै, जम्मा १० कम्पनीको मूल्य बढ्यो

नेप्से

मंगलबार, १८ फागुन २०७७, १५ : ०१ मा प्रकाशित

सेयर बजार राताम्मै, जम्मा १० कम्पनीको मूल्य बढ्यो

लामाे समयपश्चात हिजाे (साेमबार) हरियाली देखिएकाे सेयर बजारले आज (मंगलबार) फेरि ओरालाे यात्रा तय गरेकाे छ । मंगलबार सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५९.७० अंकले घटेर २४५५.३३ मा पुगेकाे छ । नेप्से २.३७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.८० अंकले घटेर ४४३.९५ मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे एक कराेड ३१ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार र हाेटल तथा पर्यटन बाहेक सबै उपसमूहकाे शेयर राताम्मै देखिएकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । यता सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पाेरेशनका लगानीकर्ताहरूले कमाउँदा नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

           हेराैं आजकाे शेयर तालिका :

603e05681b247.jpg 603e0573414ff.jpg 603e057b7afe8.jpg 603e0586b2aec.jpg 603e058fc732c.jpg 603e059fccc14.jpg 603e05a913e3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको