Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधीक गुमाए

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, १५ : ३४ मा प्रकाशित

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधीक गुमाए

लामो समयपश्चात हिजो (सोमबार) हरियाली देखिएको सेयर बजारले आज (मंगलबार) फेरि ओरालो यात्रा तय गरेको छ । मंगलबार सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५९.७० अंकले घटेर २४५५.३३ मा पुगेको छ । नेप्से २.३७ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ९.८० अंकले घटेर ४४३.९५ मा पुगेको छ ।

राताम्मै बजारमा आज नेपाल हाइड्रो डेभलोपर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग  एण्ड फाइनान्स लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, मिर्मिरे माईक्रोफाईनान्स, सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, सनराइज फस्र्ट म्युचुअल फण्ड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधीक गुमाएका छन् । 

603e0bc1ddc56.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको