Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँट गर्न अझै केही दिन लाग्ने

शनिबार, २३ बैशाख २०७४, १० : ४७ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँट गर्न अझै केही दिन लाग्ने

 अर्थ संसार 
काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँट आइतबार वा सोमबार गरिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

एनएमबि क्यापिटलले शुक्रबार एफपिओ वाँडफाँट गर्ने तयारी गरेको थियो । आश्वाबाट आएको आवेदनमा समस्या भएकोले धितोपत्र बोर्डले दिएको अबधिमा सेयर बाँडफाँट गर्न नसकिएको क्यापिटलले जनाएको छ ।

‘हामीले धितोपत्र बोर्डले दिएकै मितिमा सेयर बाँडफाँट गर्ने तयारी गरेका थियौ’ एनएमबि क्यापिटलका प्रमुख संचालक अधिकृत कमल नेपालले भने–‘आस्बाबाट आएका आवेदनमा धेरै त्रृटि भएकोले तोकिएको मितिमा बाँडफाँट गर्न सकेनौ ।’

ती आवेदनमा देखिएका समस्या समधान गर्न धितोपत्र बोर्डसँग छलफल भैरहेको उनले बताए । मंगलबारभित्र सेयर बाँडफाँट गर्ने अधिकृत नेपालले दावी गरे । आस्वाबाट आवेदन गर्ने प्राणाली नेपाली सेयर बजारमा नयाँ हो । 

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो । नेपाल धितोपत्र बोर्डले बैंकका सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई अघिल्लो शुक्रबार पत्र लेखेरै सार्वजानिक निष्कासनको बिक्री बन्द भएको ५० दिनभित्रै सेयर बाँडफाँट गर्न निर्देशन दिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको