Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार : करेक्सन कि, बियरिस ट्रेन्डको सुरुवात ? यस्तो छ लगानीकर्ताको धारणा

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, १९ : ३५ मा प्रकाशित

सेयर बजार : करेक्सन कि, बियरिस ट्रेन्डको सुरुवात ? यस्तो छ लगानीकर्ताको धारणा

अहिले सेयर बजारले  निरन्तर ओरालो यात्रा तय गरिरहेको छ । फागुन ९ गते नेपालको नेप्से परिसूचक २६४० को बिन्दुमा पुग्दा सर्वाधिक उच्च बिन्दुमा पुग्दै अलटाइम हाइको रेकर्ड बनेको थियो । फागुन ९ गते सर्वाधिक उच्च बिन्दुमा पुगेको नेप्से परिसूचकले बुधबारसम्म आइपुग्दा जम्मा दुई दिनमात्र उकालो यात्रा तय गरेको छ ।

फागुन ९ गते २६४० को बिन्दुमा पुगेको नेप्से परिसुचक फागुन १९ गते बुधबार सम्ममा नेप्से परिसूचक २२४ अंकले घटेर २४२६ को बिन्दुमा पुगेको छ । यो १० दिनको अवधिमा नेप्से परिसूचक २२४ अंकले घट्दा अहिले आम लगानीकर्ताहरु त्रसित देखिन्छन् ।

के नेपालको सेयर बजार बियरिस् ट्रेन्डमा प्रवेश गरेको हो त ? यो बिषय आम लगानीकर्ताको चासोको बिषय बनिरहेको छ । आज हामिले यसै बिषयबस्तुमा केन्द्रित रहेर बिभिन्न सेयर बजार बिश्लेषक एबम् लगनीकर्ताका नेताहरुसंग कुरा गरेको छौँ ।

अहिलेको सेयर बजारको अवस्थाका बारेमा सेयर बिश्लेषक एबम् बिभिन्न लगानीकर्ता संघका नेताहरुको धारणा यस्तो छः

डा.केशब श्रेष्ठ,सेयर बिश्लेषक :

अहिले नेपाली सेयर बजारमा देखिएको करेक्सन सामान्य नै हो । २६४० को बिन्दुमा पुगेको नेप्से परिसुचक २२४ अंकले घट्दैमा लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था नरहेको श्रेष्ठको तर्क छ ।

नेपालमा अहिले करिब ३० लाखको संख्यामा डिम्याटका प्रयोगकर्ताहरु छन् । तिनिहरु अझै दोस्रो बजारमा प्रबेश गर्न बाँकि नै छ । बिस्तारै आईपीओमा लगानी गर्ने लगानीकर्ताहरु दोस्रोबजारमा प्रबेश गर्ने निश्चित छ । अबको केहि समयमा नेपालको सेयरबजारमा अत्याधिक संख्यामा नयाँ लगानीकर्ताहरु भित्रिने भएकाले नेपालको सेयर बजारले नयाँ उचाइ लिन सक्ने कुरामा कुनै दुइमत नरहेको उनी बताउँछन् ।

सेयर बजारलाइ प्रभावित पार्ने बिभिन्न कुराहरु जस्तै आर्थिक तरलता, बैंकको मुद्दती निक्षेपको ब्याजदर जस्ताकुराहरु अहिले नै परिबर्तन हुन सक्ने अवस्था नभएकाले छिट्टै बजार पुरानै लयमा फर्कने उनको तर्क छ ।

तारा प्रसाद फुल्लेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल :

नेपालको सेयर बजार अहिले नै बियरिस् ट्रेन्डमा फर्कियो भन्नु कुनै पनि दृष्टिकोणबाट युक्तिसंगत देखिदैन । अझै कम्तिमा पनि २ बर्ष नेपालको सेयरबजार बुलिस ट्रेन्डमा नै चल्ने उनको तर्क छ । लगातार बढेको बजारमा लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा केहि करेक्सन आएको भन्दै अहिले नै लगानीकर्ताहरु आत्तिएर घाटामै सेयर बेच्ने अवस्था नरहेको कारण संयमित भएर बजारमा लगानी गर्न सुझाव दिन्छन् । 

बैंकिङ ब्याजदर, मौद्रिक तरलता र राजनीतिक स्थायित्वका बिषयमा अहिले बजारमा अनावश्यक हल्ला फैलाइएको छ जसका कारण पनि अहिले बजारलाई केहि प्रभावित पारेको उनी बताउँछन् । छिट्टै सम्बन्धित निकायहरुसँग छलफल गरी लगानीकर्ता संघहरुले ब्याजदर र मौद्रिक तरलताका बारेमा बारेमा आधिकारिक अवस्थाका बारेमा आम लगानीकर्ताहरुलाई जानकारी दिने उनी बताउँछन् । 

संसद पुर्नस्थापनाको फैसलाले झन् सेयर बजारलाई सकारात्मक उर्जा दिनु पर्ने हो अब सडक संघर्ष सकिएको छ, दलहरु सडकबाट संसद प्रवेश गरेका छन् । त्यसकारण छिट्टै नेपालको सेयर बजारले पुराना रेकर्डहरुलाई तोड्दै नयाँ रेकर्ड बनाउने  फुल्लेलको तर्क छ । 

तिलक कोइराला,संयोजक,पुँजि बजार विकास अभियान :

बजारको बढाई रु घटाइ स्वभाविक हो बजार कहिले बढ्ने र घट्ने त भइनै रहन्छ तर बजारमा अस्वभाविक हल्ला चलाएर लगानीकर्ताको मनोभावना हच्काएर बजारमा चलखेल गर्ने काम एकदमै खेदपुर्ण हो जुन अहिलने नेपालको सेयर बजारमा भइरहेको छ ।

बजारमा सेयरको मूल्य बढेपछी घट्नु र घटेपछी बढ्नु स्वभाविक हो तर बजारमा अनावश्यक हल्ला चलाएरै बजारलाई प्रभावित पार्ने काम किमार्थ स्विकार्य हुन सक्दैन ।

लगानीकर्ताहरु नेप्से परिसूचक कति बढ्यो कति घट्यो  ? भन्ने कुरामा भन्दा पनि कम्पनीको बित्तिय अवस्थाको अध्ययन गरी कम्पनीमा लगानी गर्न सकेमा आम लगानीकर्ताहरुको हित हुने उनको तर्क छ । सेयरबजार घट्दैमा लगानीकर्ताहरु आत्तिनु र बढ्दैमा मात्तिनु हुँदैन । बजार घटेपछि बढ्छ भने, बढेपछि घट्छ पनि त्यसकारण लगानीकर्ताहरु बजारको उतारचढावले आत्तिन मात्तिन भन्दा पनि संयमित भएर लगानीगर्नु पर्ने उनको सुझाव छ ।

पुष्पा कोइराला, लगानीकर्ता

सेयर बजारमा अहिले आएको गिरावटको मुख्यकारण राजनीतिक परिवर्तन नै भएको उनको भनाइ छ । देशमा आएको राजनीतिक परिवर्तनले लगानीकर्ताको मनोभावनामा नकारात्मक प्रभाव पारेको उनको तर्क छ ।

अहिलेको सेयर बजारको गिरावटका कारण लगानीकर्ताहरु धेरै आत्तिनु पर्ने अवस्था नरहेको भन्दै बजार जसरी बढेको हो त्यसरी नै घटेको उनको बिश्लेषण छ । निफ्राको सेयरले बजारलाई जसरी उचालेको थियो त्यसरी नै अहिले निफ्राकै सेयरमा आएको गिरावटका कारण पनि बजार केहि प्रभावित हुन पुगेको उनको बुझाई छ ।

बजारको ओरालो यात्रा अब केहि दिनमा अनत्यहुने उनको बिश्वास छ । यो गिरावटले केहि हदसम्म लगानीकर्ताहरुलाई सजग बनाउन पनि मद्दत गरेको उनी बताउँछिन् । 

अहिलेको बजार Technical Bull, अबको बजार के दिगो होला? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको