Like us!
Follow us!
Connect us!
Watch us!

विप्लव शान्ति प्रक्रियामा आउने भएसँगै सेयर बजारमा फर्कियो हरियाली

नेप्से

विहीबार, २० फागुन २०७७, १५ : ०२ मा प्रकाशित

विप्लव शान्ति प्रक्रियामा आउने भएसँगै सेयर बजारमा फर्कियो हरियाली

केही दिनबाट राताम्मै भइरहेकाे सेयर बजारमा साताकाे अन्तिम दिन आज (बिहीबार) भने हरियाली फर्किएकाे छ । सरकार र नेकपा विप्लव समुहबीचको वार्ता सफल भएसँगै सेयर बजारमा चमक देखिएकाे हाे । सेयर बजारमा हरियाली देखिएसँगै लगानीकर्ताहरू पनि उत्साहित भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेकाे छ । नेप्से ३.७५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१.४६ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३ सय १७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर हरियाली भएकाे छ ।

त्यसैगरी, बिहीबार काराेबारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अगाडि रहँदा ६ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

हेराैं आजकाे शेयर तालिका :

 

6040a9ab7e12f.jpg 6040a9b4091c5.jpg 6040a9bb922e8.jpg 6040a9c2bf3d6.jpg 6040a9caeba65.jpg 6040a9dcb5445.jpg 6040a9eb3a8b6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको