ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन छ ।
शुक्रबार साँझ ६ बजेसम्ममा २ लाख ८८ हजार ५५५ जना लगानीकर्ताले ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणको लागि माग गरिएकाे ५९ लाख ४० हजार कित्ता भन्दा धेरै हाे ।
कम्पनीले हिजाे फागुन २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निश्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । समध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।
उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ मात्र लगानी गर्दा हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस