Like us!
Follow us!
Connect us!
Watch us!

मोडेल मनोज ओलीले आफ्नो प्रेमिकालाई ‘मनका कुरा’ यसरी सुनाए

अर्थ संसार

शनिबार, २२ फागुन २०७७, १८ : ४८ मा प्रकाशित

मोडेल मनोज ओलीले आफ्नो प्रेमिकालाई ‘मनका कुरा’ यसरी सुनाए

गायक रामकृष्ण ढकालको नयाँ म्युजिक भिडियो ‘मनका कुरा’ सार्वजनिक भएको छ । गीतमा गायक तथा गीतकार अर्जुन पौडेलको शब्द रहेको छ भने, गीतमा  रामकृष्ण ढकालले आवाज भरेका छन् ।

म्युजिक भिडियोमा मोडल मनोज ओली र प्रतिक्षा काफ्लेले अभिनय गरेका छन् । मनोज ओलीले ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्, भने प्रतीक्षा काफ्लेको अभिनय यो पहिलो म्युजिक भिडियो हो ।


गायक तथा संगितकार रोशन राइको संगीत तथा पदम राजन मगरको संगीत संयोजक साथै मुस्कान मुकारुङको मिक्सिङ अनी मास्टरिङ्ग रहेको यस गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो।

भिडियोको निर्देशन राम कुमार केसीले गरेका छन् । उक्त गीतको म्युजिक भिडियो ‘बेस म्युजिक नेपाल’ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको