Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १२ : ३५ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (फागुन २३ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले फागुन १७ गते, साेमबारबाट कम्पनीकाे २५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ४९२ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले आज (फागुन २३ गते, आइतबार) सम्म बोलपत्र पेश गर्न सक्नेछन् ।.लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको