Like us!
Follow us!
Connect us!
Watch us!

नारी दिवसमा नबिल इन्भेष्टमेण्टको अफर : बार्षिक शुल्कमा पूर्ण छुट

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १८ : ४१ मा प्रकाशित

नारी दिवसमा नबिल इन्भेष्टमेण्टको अफर : बार्षिक शुल्कमा पूर्ण छुट

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले यही २०७७ सालको नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी आफुले लगानी व्यवस्थापन सेवाप्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको छ । यो योजना अँग्रेजी महिनामार्च अन्तिमसम्म रहने छ ।

शेयरबजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरुले यो सूबिधा प्राप्त गर्न सक्नेछन् । 

विभिन्न व्यवसायमा रहनु भएका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्ताहरुलाई यो सेवाप्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगान व्यवस्थापन सेवा भनिन्छ ।

विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गर्नुभएका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गर्नुभएको धेरै उदाहरणहरु हामीसंग छन् । निश्चित बार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्ताहरुलाई पहिलो वर्षका लागि बार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको छ । 

यस सम्बन्धि विस्तृत जानकारीको लागि नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाण्डौ को फोननम्बर ४४११६०४, ४४११७३३ को एक्टेन्सननम्बर १३९, १४१ मा सम्पर्क गर्नुहुनवा इमेल [email protected] मा आफ्नो जिज्ञासा राख्नु हुन अनुरोध गरिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको