Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको मूल्य समायोजन पछिको भाउ कति ?

अर्थ संसार

सोमबार, ११ असोज २०७८, ०६ : ४७ मा प्रकाशित

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको मूल्य समायोजन पछिको भाउ कति ?

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य लाभांशको बुक क्लोज पछि आज नेप्सेमा समायोजन भएको छ ।

समायोजन पछि नबिल इक्विटी फण्डको ईकाई मूल्य ११.५४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १५.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

त्यस्तै, समायोजन पछि नबिल ब्यालेन्सड फण्ड २ को ईकाई मूल्य ११.०४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १४.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

दुवै फण्डले लाभांश वितरण प्रयोजनको लागि आज असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले,  असोज १० गते, आईतबार सम्म नेप्सेमा कारोबार भई कायम भएका ईकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको