Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय, कहिलेसम्म किन्दा पाइन्छ लाभांश ?

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, ०७ : १३ मा प्रकाशित

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय, कहिलेसम्म किन्दा पाइन्छ लाभांश ?

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित  नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले लाभांश प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गर्ने भएकाछन् ।

लाभांश प्रयोजनका लागि असोज ११ गते बुकक्लोज हुने भएकाले असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

6143efe81daf5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको