Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारणसभा, यी हुन् एजेण्डा

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ०७ : ५४ मा प्रकाशित

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारणसभा, यी हुन् एजेण्डा

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको १५औं वार्षिक साधारणसभा असोज २३ गते हुने भएको छ। सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित सेन्ट्रल प्लाजामा बिहान ११ बजे साधारणसभा तय गरेको हो। 

साधारणसभाको मुख्य एजेण्डा लाभांश पारित गर्ने रहेको छ। गत आवको मुनाफाबाट ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ (कर सहित) नगद लाभांश घोषणा गरिएको छ। 

वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि छ। नियमावलीको नियम ३१ को उपनियम २ मा संशोधन गर्ने विशेष प्रस्ताव समेत रहेको छ ।

कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ। असोज १६ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको