Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको ५ लाख ८६ कित्ता सेयर बोलकबोलमा !

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १२ : ३१ मा प्रकाशित

तीन कम्पनीको ५ लाख ८६ कित्ता सेयर बोलकबोलमा !

सेयर बजारमा नागरिक लगानी कोषले  सर्वसाधारण सेयर बोलकबोल बिक्री खुल्ला गरेको छ ।  अरु दुई कम्पनी साना किसान विकास लद्युवित्त  संस्था लिमिटेड र आरएमडीसी लद्युवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री खुल्ला गर्ने तयारी भैरहेको छ । 

 नागरिक लगानी कोषले ३ लाख ५४ हजार १५०.०५ कित्ता सर्वसाधारण सेयर फागुन २१ गतेदेखि चैत्र २ गतेसमम बोलकबोलमा बिक्री खुल्ला गरिसकेको छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । 

त्यसै गरी साना किसान विकास लद्युवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार ३६८ कित्ता संस्थापक  र ९ हजार ७४ कित्ता सर्वसाधारण सेयर फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म बोलकबोल मात्रर्फ सेयर बिक्री गर्ने भएको छ ।जसमा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ  लिमिटेड रहेको छ ।

त्यसै गरी आरएमडीसी लद्युवित्त वित्तीय संस्था लिमिटेडले (एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्व)मा रहेको  २ लाख २० हजार कित्ता संस्थापक सेयर फागुन १८ गतेदेखि चैत्र २३ गतेसम्म सेयर बिक्री खुल्ला गर्ने भएको छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

 बोलकबोलका सेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य बोली लगाउने लगानीकर्तालाई नै माग गरे बमोजिमको सेयर दिइन्छ । यदि दुई अथवा बढी लगानीकर्ताले एउटै मूल्यको बोली लगाएको खण्डमा मिलाएर सेयर बाँडफाँट गरिन्छ । सेयर नपरेका लगानीकर्ताहरुलाई सात दिनभित्र रकम फिर्ता गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको