Like us!
Follow us!
Connect us!
Watch us!

रिपब्लिक मिडियाको ५४ हजार कित्ता सेयरको लक-इन अवधि असारमा सकिदै

अर्थ संसार

आइतबार, १० जेठ २०८३, ०८ : १० मा प्रकाशित

रिपब्लिक मिडियाको ५४ हजार कित्ता सेयरको लक-इन अवधि असारमा सकिदै

नेपाल रिपब्लिक मिडिया लिमिटेडको लक इनमा रहेको सेयरको समयाअवधि असारमा सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरूले धारण गरेको सेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको हो । 

कम्पनीका अनुसार सर्वसाधारणमा सेयर निष्काशन तथा बाँडफाँड गरिएको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि ती सेयर लक–इनमा राखिएको थियो । अब उक्त अवधि २०८३ असार १० गतेपछि समाप्त हुन लागेको जानकारी कम्पनीले दिएको छ ।

कम्पनीका संस्थापक समूहले धारण गरेको ५३ लाख २२ हजार कित्ता सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार १५९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुने भएको हो । लक–इन अवधि समाप्त भएसँगै सम्बन्धित सेयर कारोबारका लागि खुला हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको