साताको सेयर कारोबार हुने दोस्रो दिन मंगलबार सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन बढेको बजार आज भने ९.२४ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७७७.१० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६९ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले घटेर ४७४.२९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको बढेको छ । परिसूचक घटेको दिन आज कारोबार पनि घटेको छ । अघिल्लो दिन करिब ६ अर्बको कारोबार भएको बजारमा आज भने ४ अर्ब ८५ करोड माथिको कारोबार भएको छ ।
आज ३४२ कम्पनीका १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ५२ हजार ७५१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस