Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलोपरले बोलायो एकै पटक तीन वटा साधारणसभा

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १३ : ४९ मा प्रकाशित

नेपाल हाइड्रो डेभलोपरले बोलायो एकै पटक तीन वटा साधारणसभा

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १२ औं, १३ औं र १४ औं वार्षिक वार्षिक साधारणसभा एकै पटक बोलाएको छ । कम्पनीको गत २० गते बसेको सञ्चालक समितिको बैठकले चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमडौं साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभा दिउँसो ३ बजे virtual(Zoom App)  मार्फत सुरु हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक आर्थिक विवरणको सहितको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक वित्तीय विवरण (वासलता, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरु) स्वीकृत गर्ने,  कम्पनीको रजिष्टर्ड कार्यालयको पत्रबाट यस कम्पनीको आर्थिक वर्ष २०७५र७६ र ७६र७७ को लेखा परीक्षण गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन सम्बन्धमा लगायतका विषयमा छलफल गरिने छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6045e0650d93d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको