Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्स कर्पोरेशनको १०.५२% लाभांश आज पारित हुँदै

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, ०७ : ४९ मा प्रकाशित

लाइफ इन्स्योरेन्स कर्पोरेशनको १०.५२% लाभांश आज पारित हुँदै

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन २५ गते, मंगलबार) हुँदैछ ।

कम्पनीकाे माघ २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे अठाराैँ वार्षिक साधारण सभा नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीकाे मंसिर १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँलाई वृद्धि गरी २ अर्ब २१ करोड १० लाख रुपैयाँ कायम गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको चयन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी प्रदान गर्ने लगायतका एजेन्डाहरू छलफल गरि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन ७ गतेदेखि बुकक्लोज गरेकाे छ । त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको