Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

नेप्से

मंगलबार, २५ फागुन २०७७, १६ : ०४ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

पछिल्लो केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर सेयर बजारले आज (मंगलबार) पनि ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ मा पुगेको छ ।

कूल २१० वटा कम्पनीकाे एक कराेड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

गिरावट आएको बजारमा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपवर लिमिटेड, अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा), नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेका छन् ।

60474df2cac47.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको