Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, ०८ : ३२ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा परेका बाेलपत्रहरू आज (फागुन २६ गते,बुधबार) खाेलिने भएकाे छ । 

उक्त बाेलपत्रहरू अहिले बिहान ९:३० बजे एनआईसी एशिया क्यापिटल लिमिटेडकाे कार्यालय, बबरमहल, काठमाडाैँमा खाेलिनेछ ।

बैंकले फागुन १७ गते, साेमबारबाट फागुन २३ गते, आइतबारसम्म आफ्नाे स्वामित्वमा रहेकाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ४९२ रूपैयाँ ताेकिएकाे थियाे ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604832ad002bd.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको