Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १० : ३२ मा प्रकाशित

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त गर्ने र्निणय गरेको छ ।

राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई बैठकले  डेपुटी गभर्नर नियुक्त गर्ने र्निणय गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख हुन् भने ढुंगाना सार्वजनिक ऋण ब्यबस्थापन विभागकी प्रमुख हुन्  । 

यो नियुक्ति संगै डा. निलम ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर समेत बनेकी छिन् हालसम्म राष्ट्र बैंकमा महिला डेपुटी गभर्नर थियनन् ।

चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले आफ्नो पाँच बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै डेपुटी गर्भनरको पद रिक्त थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको