Like us!
Follow us!
Connect us!
Watch us!

भोली काठमाडौंका यी स्थानमा सवारी साधन चलाउन नपाईने

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १० : ४० मा प्रकाशित

भोली काठमाडौंका यी स्थानमा सवारी साधन चलाउन नपाईने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै भोली (बिहीबार) काठमाडौंको पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सावारी साधन चलाउन नपाईने जनाएको छ । 

शिवरात्रिको अवसरमा हुनसक्ने भीडभाडको व्यवस्थापन र त्यसबाट ट्राफिकमा पर्नसक्ने प्रभावलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको हो । 

हरेक वर्षको शिवरात्रिमा पाशुपत क्षेत्रमा भक्तजनहरुको भीड लाग्ने गर्छ । विशेष चहलपहल हुने हरेक वर्षको यो दिन काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ । यो पटक पनि शिवरात्रिको अवसरमा हुनसक्ने भीडभाडको व्यवस्थापन र त्यसबाट ट्राफिकमा पर्नसक्ने प्रभावलाई कम गर्न विभिन्न रुटमा सवारी साधन संचालन गर्न निषेध गरिएको छ । 

प्रहरीका अनुसार महाशिवरात्रिको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारु नै हुनेछ भने तिलगंगा हुँदै रिङरोडमा पनि सवारी साधन चल्न पाउनेछन् । 
तर, दर्शनार्थीहरुको चाप बढी भई यातायात प्रभावित हुने अवस्था देखिएमा गौशाला क्षेत्रमा पनि सवारी आवागमन निषेध गर्न सकिने बताइएको छ । 

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ । 

ट्राफिक प्रहरीले जारी गरेको सूचना समाचार तलको फोटोमा देखाइएको छ । जहाँ कुन कुन रुटमा सवारी साधन चल्न निषेध गरिएको छ भन्ने कुरा उल्लेख गरिएको छ । 

604853418662f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको