Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

विहीबार, १४ जेठ २०८३, १० : २२ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, के-के छन् एजेण्डा ?

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असार ४ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा बिहान १० बजे देखि सुरु हुने छ । उक्त दिन कम्पनीको १७ औ र १८ औँ वार्षिक साधारणसभा सम्पन्न हुने छ । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गर्नेछ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको सोही दुई आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ।

त्यसैगरी उक्त साधारणसभाले चालू आर्थिक वर्ष २०८२÷०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारणसभा प्रयोजनका लागि जेठ २१ गते एक दिन कम्पनीको शेयर दाखिल खारेज बन्द (बूक क्लोज) रहने कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको