Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया र स्वदेशी लघुवित्तलाई एकीकृत कारोबार गर्ने साइत जुर्यो

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, ११ : १३ मा प्रकाशित

एनआईसी एशिया र स्वदेशी लघुवित्तलाई एकीकृत कारोबार गर्ने साइत जुर्यो

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार गर्ने साइत जुरेको छ । मर्जरपछि यी २ कम्पनीले चैत्र ८ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका हुन् । एनआईसी एशिया लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै संस्थाको माघ ४ गते बसेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २३ गते एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो । 

मर्जर पश्चात कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरापालिका वडा नं. ९, सुनसरीमा रहनेछ । एकिकृत कारोबारको लागि डाटा माइग्रेसनको कार्य गर्नु पर्ने भएकोले चैत्र ६ गते दुवै संस्थाको सम्पूर्ण सेवा बन्द हुने कम्पनीले जनाएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको