Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको आईपीओमा पर्यो माग भन्दा ४.३९ गुणा बढी आवेदन,पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १७ : २० मा प्रकाशित

ज्योति लाईफको आईपीओमा पर्यो माग भन्दा ४.३९ गुणा बढी आवेदन,पर्ने सम्भावना न्यून बन्दै

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गइरहेकाे छ ।

आइतबार  साँझ ५ बजेसम्ममा ११ लाख ८३ हजार ७ सय ७१ जना आवेदकबाट २ अर्ब ६१ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ६१ लाख १९ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड जनाएको छ । याे सर्वसाधारणको लागि माग गरिएकाे ५९ लाख ४० हजार कित्ता भन्दा ४.३९ गुणा धेरै हाे ।

यी १५ कारणले सर्वाेत्तम सिमेन्टको आईपीओको मूल्य ७५० उचित !

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ  निश्कासन  तथा बिक्री खुल्ला गरेकाे हाे । समध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि  छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र ६  गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ मात्र लगानी गर्दा हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको