Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको १५.७९% लाभांश शुक्रबार पारित हुँदै

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १६ : १६ मा प्रकाशित

गणपति लघुवित्तको १५.७९% लाभांश शुक्रबार पारित हुँदै

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा भाेलि (फागुन २८ गते, शुक्रबार) हुँदैछ ।

संस्थाकाे माघ १६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको