Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र आजदेखि खुल्यो, कति छ व्याज ?

अर्थ संसार

शुक्रबार, २८ फागुन २०७७, ०७ : ३४ मा प्रकाशित

प्राइम बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र आजदेखि खुल्यो, कति छ व्याज ?

प्राइम कमर्सियल बैंक लिमिटेडले आज (फागुन २८ गते, शुक्रबार) बाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ ।

बैंकले ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । कुल ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  २१ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी काेषकाे हिस्सा रहनेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि छिटोमा चैत्र ३ गतेसम्म र ढिलोमा चैत्र १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604ac96de2fd5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको