Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश पारित

अर्थसंसार

शुक्रबार, २८ फागुन २०७७, १६ : ०१ मा प्रकाशित

गणपति लघुवित्त वित्तीय संस्थाको  १५ प्रतिशत लाभांश पारित

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौडा तनहुँमा संचालक समितीका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशतले हुने बोनश शेयर वितरण गर्ने लगाएत अन्य सम्पुर्ण प्रस्तावहरु सर्वसहमतीले पारीत गरेको छ । 

सभामा अध्यक्ष युवराज भण्डारीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभए पछि पुर्व संचालक  दिनेशलाल श्रेष्ठले संस्था स्थापनाको पृष्ठभूमी सहित महत्वपुर्ण मन्तव्य राख्नुभयो ।

हाँलाई यस वित्तीय संस्थाको संचालक समितीमा रहेर पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै अध्यक्ष युवराज भण्डारीले कदर पत्र सहित सम्मान गर्नुभयो ।संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अच्युत राज सापकोटाले सभाको औपचारीक कार्यक्रम संचलन गर्नुभयो । 

वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २६,३४६ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधी सम्म जम्मा ३९ करोड ३० लाख बचत संकलन गरेको र १ अर्ब ५६ करोड कर्जा लगानी गरेको छ । यस बर्षको अन्तसम्म ४ वटा शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । 


    


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको