Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तले कमायो करिब ३ करोड नाफा ,इपीएस कति ?

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १२ : ४९ मा प्रकाशित

गणपति लघुवित्तले कमायो करिब ३ करोड नाफा ,इपीएस कति ?

गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा

गणपति लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक थियो ।

खुद ब्याज आम्दानी

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.६७ प्रतिशत बढेर १३ करोड ३३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कुल सञ्चालन आम्दानी

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत घटेर १३ करोड ९५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४ करोड २७ लाख रुपैयाँ छ ।

खराब कर्जा

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ ।

चुक्ता पुँजी

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ र जगेडा कोष ५०.५८ प्रतिशत बढेर ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।

निक्षेप /कर्जा लगानी

गत आर्थिक वर्षको असारसम्ममा लघुवित्तको निक्षेप तथा सापटी १३.०४ प्रतिशत घटेर १ अर्ब ९१ करोड ८० लाख रुपैयाँ र कर्जा लगानी ९.३७ प्रतिशत घटेर २ अर्ब ५ करोड ३२ लाख रुपैयाँ गरेको छ ।

प्रतिसेयर आम्दानी

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी १९.७६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५.६९ रुपैयाँ ऋणात्मक थियो ।

प्रतिसेयर नेटवर्थ/मूल्य आम्दानी अनुपात

गत असारसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १५९.३७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५९ गुणा छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको