Like us!
Follow us!
Connect us!
Watch us!

सिराहा बम विष्फोट अपडेट : गम्भीर घाइतेलाई काठमाडौं ल्याइँदै

अर्थ संसार

आइतबार, ०१ चैत्र २०७७, १६ : ५८ मा प्रकाशित

सिराहा बम विष्फोट अपडेट : गम्भीर घाइतेलाई काठमाडौं ल्याइँदै

सिराहा लाहानस्थित मालपोत कार्यालयमा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । आज (आइतबार) मध्याह्नतिर भएको विष्फोटमा परी ६ जना घाइते भएका हुन् । 

बम विस्फोटमा परी १ जना गम्भीर घाइते भएका छन्  । गम्भीर घाइते भएका धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको लाहान अस्पतालमा उपचार भइरहेको छ ।  यसैबीच, बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको