Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ केही घण्टाभित्र बाँडफाँड

सोमबार, २५ बैशाख २०७४, १५ : ०४ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ केही घण्टाभित्र बाँडफाँड


अर्थ संसार 
काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ  बाँडफाँट आज हुने भएको छ । बैंकको एफपिओ आज ३–४ बजेको विचमा  यल्लो प्यागोडा  होटलमा एक कार्यक्रम गरी बाँडफाँड हुने  बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । ‘

हामी ३ : ३० बजे बाँडफाँड गर्ने छौं’ एनएमबि क्यापिटलका प्रमुख संचालक अधिकृत कमल नेपाल अर्थ संसारलाई बताए ।   

 आश्वाबाट आएको आवेदनमा समस्या भएकोले धितोपत्र बोर्डले दिएको अबधिमा सेयर बाँडफाँट गर्न नसकिएको क्यापिटलले जनाउँदै आएको छ ।

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो ।

जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो । नेपाल धितोपत्र बोर्डले बैंकका सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई अघिल्लो शुक्रबार पत्र लेखेरै सार्वजानिक निष्कासनको बिक्री बन्द भएको ५० दिनभित्रै सेयर बाँडफाँट गर्न निर्देशन दिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको