Like us!
Follow us!
Connect us!
Watch us!

नागरीक लगानी कोषको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, ०९ : ५७ मा प्रकाशित

नागरीक लगानी कोषको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

नेपाल बैंक ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर आज चैत्र ३ देखि लिलामिमा बिक्रिका लागि बोलपत्र आह्वान गरेको छ ।  

बैैकले आफ्नो स्वामित्वमा रहेको कोषको ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

लिलाममा बिध्यमान संस्थापक, वा जो कोहि कम्पनी, व्यक्ति , वा संघ, संस्थाले आवेदन दिन सक्ने छन् । लिलामीको सेयर खरिदका लागि चैत्र १७ गतेसम्म आवेदन दिन सकिने छ। 

कोषको यो सेयरको न्युनतम मूल्य प्रति कित्ता १ हजार ५ सय २ रुपैयाँ ५० पैसा कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै सेयरको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले सेयर पाउने छन् । 

सेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल प्रबन्धक रहेको छ । सेयर खरिदका लागि बोलपत्र एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको