Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

अर्थसंसार

मंगलबार, ०३ चैत्र २०७७, १० : २८ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर आज (चैत ३ गते, मंगलबार) देखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको  छ। 

बैंकले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेको कुल २२ हजार ५५७ कित्ता सेयर लिलामीमा राखेको हो । जसमा संस्थापक सेयर १५ हजार ९७४ कित्ता र सर्वसाधारण सेयर ६ हजार ५८३ कित्ता रहेका छन्। 

उक्त सेयरमा इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आफूले लिन चाहेको दररेटमा बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले उक्त सेयरमा चैत १० गतेसम्म  आवेदन पेश गर्न सक्नेछन् ।

लगानीकर्ताहरुले उक्त सेयरमा नक्सालस्थित ग्लोबल आईएमई क्यापिटलको कार्यालय तथा ग्लोब आईएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेश गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

 

605038026291a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको