Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको सेयर स्पिल्ट प्रक्रिया

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, १४ : ५० मा प्रकाशित

अघि बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको सेयर स्पिल्ट प्रक्रिया

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर  स्पिल्टका लागि प्रक्रिया अघि बढाएको छ । 

इन्स्योरेन्सले सेयर  स्पिल्टका लागि प्रवन्ध पत्र नियमावली संसोधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पठाएको जनाएको छ। 

हाल इन्स्योरेन्सको सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेकोमा अब सेयर खण्डिकरण गर्ने भन्दै इन्स्योरेन्सले प्रबन्ध पत्र नियमावली संसोधनको लागि पठाएको हो।

कम्पनीको गत माघ २८ गते सम्पन्न २० औँ साधारण सभाले सेयर स्पिल्टको प्रस्ताव पारित गरेको थियो । कम्पनीले धेरै लगानीकर्ताहरुको पँहुच पुर्याउने उद्देश्यले सेयर स्पिल्ट गर्ने प्रस्ताव गरेको जनाएको छ । 

इन्स्योरेन्सले अहिले कायम १ सय रुपैयाँ अंकित मूल्यको सेयर लाइ दुई टुक्रा पार्ने जनाएको छ। यसले सेयरको प्रति कित्ता मूल्य १०० बाट घटेर  ५० रुपैयाँ पुग्नेछ भने सेयर संख्या बढेर दोब्बर हुने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको