Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो सर्वोत्तमको आईपीओ निष्काशन प्रक्रिया, लगानीकर्तालाई ३ महिनामा ३५% लाभांश

अर्थ संसार

बुधबार, ०४ चैत्र २०७७, १३ : ४८ मा प्रकाशित

अघि बढ्यो सर्वोत्तमको आईपीओ निष्काशन प्रक्रिया, लगानीकर्तालाई ३ महिनामा ३५% लाभांश

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

कम्पनीले बुधबार आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रमको आयोजना गरी नेपाल धितोपत्र बोर्डले हालै ल्याएको नयाँ बुक बिल्डिङ प्रक्रिया मूल्य निर्धारण गरी आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी गराएको हो। कम्पनीले चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्नेछ। 

कुल निष्कासन हुने सेयरमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताहरुलाई, ८ लाख कित्ता स्थानीय जिल्लावासीलाई  र कम्पनीका कर्मचारी र बाँकी २८ लाख कित्ता सर्वसाधारणलाई  छुट्याइएको छ। 

कम्पनीको आन्तरिक मूल्यांकन तथा केही आधारहरु अध्ययन गर्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५० रुपैयाँभन्दा बढी हुनसक्ने कम्पनीको विश्वास छ । तथापी अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट निर्धारण हुने कम्पनीले जनाएको छ।

Book Building विधि भनेको के हो ? Sarbottam Cement ले किन रु ७५०मा IPO जारी गर्दै छ? Ch-5।Sharemantra

आईपीओ जारीपश्चात पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने निश्चित भएकोले सोबापत झन्डै रु. १०० प्रतिसेयरको आम्दानी तत्कालै हुने कम्पनीको दाबी छ। 

आईपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तथा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ। 

कम्पनीले इक्राबाट आईपीओ रेटिङ बीबीबी प्लस पाएकोले कम्पनी लगानीकर्ताका लागि औसतभन्दा बढी राम्रो रहेको देखिन्छ। साथै, इक्रा रेटिङअनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगभन्दा कम रहेकोले कम्पनीले बढी प्रतिफल दिन सक्ने दाबी गरिएको छ। 

यो कम्पनी २०६७ सालमा ई. विष्णुप्रसाद न्यौपानेको अगुवाइमा ७ जना स्वदेशी तथा विदेशी लगानीकर्ता मिलेर स्थापित भएको थियो। कम्पनीले २०७१ सालमा क्लिंकर उत्पादन तथा बिक्री गर्दै २०७३ सालमा सिमेन्ट उत्पादन गर्न थालेको हो। 

6051bb386f103.jpg 6051bb3893e65.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको