झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम मौका रहेको छ।
कम्पनीले जारी गरेको कुल सेयरमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षित गरिएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री व्यवस्थापन हिमालयन क्यापिटलले गरेको हो। आवेदन सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत वा सिडिएससीको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी दिन सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस