Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँट, ३० हजार ९९३ जनाले १०/१० कित्ताका पाए

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १३ : ३४ मा प्रकाशित

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँट, ३० हजार ९९३ जनाले १०/१० कित्ताका पाए

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा ६४ हजार ८१२ जनाले आजेदन दिएका थिए । जसमा ३० हजार ९९३ जनाले १०÷१० कित्ताका दरले सेयर हात पारेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको