Like us!
Follow us!
Connect us!
Watch us!

सुदन गुरुङको दृढ अडान : ‘प्रधानमन्त्री नबन्ने सम्म सिटल निवास नछाड्ने’

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १९ : ४७ मा प्रकाशित

सुदन गुरुङको दृढ अडान : ‘प्रधानमन्त्री नबन्ने सम्म सिटल निवास नछाड्ने’

जेन–जेड आन्दोलनका अगुवा सुदन गुरुङले सिटल निवासमै रहँदै निर्णायक आन्दोलन सुरु गरेका छन्। उनले आफूलाई राष्ट्रपति भेट्ने वार्तामा जेन–जेड टोलीलाई समेत सहभागी गराउनुपर्ने माग राख्दै त्यसअघिसम्म नछाड्ने अडान लिएका हुन्।

गुरुङले शुक्रबारदेखि अनशन प्रारम्भ गर्दै दुई प्रमुख प्रतिज्ञा गरेका छन् –
 नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म आफू सिटल निवास छाड्ने छैनन्।
अनशन अवधिभर उनले पानीको एक थोपा समेत नखाने घोषणा गरेका छन्।

‘न्याय, इमानदारी र राष्ट्रको भविष्यका लागि यो संघर्ष हो,’ उनले भने। जेन–जेड समूहले गुरुङलाई पूर्ण समर्थन जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको