Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार चम्किँदा फर्कियो लगानीकर्ताको उत्साह

नेप्से

बुधबार, ०४ चैत्र २०७७, १४ : ५८ मा प्रकाशित

सेयर बजार चम्किँदा फर्कियो लगानीकर्ताको उत्साह

आज (बुधबार) सेयर बजार जताततै हरियाे भएर बन्द भएकाे छ । लगातार ओरालो यात्रा तय गर्दै आएकाे सेयर बजार बल्ल हिजाेबाट बढ्न सुरू गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ मा पुगेकाे छ । नेप्से १.६९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.११ अंकले बढेर ४३८.६० मा पुगेको छ ।

कूल २१२ वटा कम्पनीकाे ८६ लाख २६ हजार ६ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा  ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार बुधबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । यता पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । 

हेराैं आजकाे शेयर तालिका :

6051cc1059600.jpg 6051cc19c38ee.jpg 6051cc21abd18.jpg 6051cc2c03dc8.jpg 6051cc322f276.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको