Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको नगदरहित अभियान धनगढीको दैनिक कृषिउपज हाट बजारमा

अर्थसंसार

विहीबार, ०५ चैत्र २०७७, १४ : १८ मा प्रकाशित

सिभिल बैंकको नगदरहित अभियान धनगढीको दैनिक कृषिउपज हाट बजारमा

सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषिउपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । 

उक्त बजारका विभिन्नब्यापारीहरुलाई सिभिल बैंककोक्युआर कोड वितरणगरिनगदरहितअभियानलाई प्रोतसाहनगरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीकाअध्यक्ष पदमबहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु, सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सो कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउनर सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशीले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको