Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा देखियो सुधारको संकेत, कारोबार रकम पनि बढ्यो

नेप्से

विहीबार, ०५ चैत्र २०७७, १५ : ०५ मा प्रकाशित

बजारमा देखियो सुधारको संकेत, कारोबार रकम पनि बढ्यो

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा हरियाली छाएकाे छ ।मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले बिहीबार पनि उकालाे यात्रा तय गरेकाे हाे । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ मा पुगेकाे छ । नेप्से १.७७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.५५ अंकले बढेर ४४४.१५ मा पुगेको छ ।

कूल २१३ वटा कम्पनीकाे एक कराेड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा  ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार एक सय ८७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार बिहीबार सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । यता ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेड र युनाइटेड इदी मर्दीका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । 

हेराैं आजकाे शेयर तालिका :

60531f4baaed0.jpg 60531f527aa05.jpg 60531f59f0203.jpg 60531f632e17f.jpg 60531f6aea1bb.jpg 60531f72935c7.jpg 60531f79e9c42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको