Like us!
Follow us!
Connect us!
Watch us!

के निफ्राले अन्तराष्ट्रिय बजारमा बण्ड जारी गर्न अनुमति पाएको हो ?

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १७ : २४ मा प्रकाशित

के निफ्राले अन्तराष्ट्रिय बजारमा बण्ड जारी गर्न अनुमति पाएको हो ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सिइओ रामकृष्ण खतिवडाले केही दिन अघि एक कार्यक्रममा आगामी एक बर्षभित्रै बैंकले ३० मिलियन डलर बराबरको बोन्ड अन्तराष्ट्रिय बजारमा जारी गर्न लागेको बताए ।

निफ्राले अन्तराष्ट्रिय बन्ड जारी गर्ने र लन्डन एक्सचेन्जमा सुचिकृत हुने जनाएपछि आम लगानीकर्ताको चासोको बिषय बनिरहेको छ । कतिपय लगानीकर्ताहरुले सिइओ खतिवडाले दिएको अभिव्यतिmले कम्पनीको सेयर मूल्यलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले गैरकानुनी रहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरिरहेका छन् ।

निफ्राका सिइओको यो अभिव्यक्तिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सुचिकृत हुने शिर्षक सम्बन्धी समाचार तथा अन्य विभिन्न प्रश्नहरू निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल गरेको हो ? १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ? भन्ने सम्बन्धमा बैंक ३ दिनभित्र स्पष्टिकरण मागेको छ ।

निफ्राका सिइओको अभिव्यक्ति कानुनी वा गैरकानुनी हो भन्ने हाम्रो जिज्ञासामा नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले कम्पनीको उद्देश्यका बारेमा जनतालाई जानकारी दिनु गैरकानुनी नभएको बताए । यदि वहाँले कम्पनीले वितरण गर्ने लाभांश वा हकप्रद सेयरका बारेमा नेप्सेलाई भन्दा अघि सार्वजनिक कार्यक्रममा वा कसैलाई त्यस्तो सूचना जारी गरेको भए गैरकानुनी हुने थियो, उनले भने, तर कम्पनीको उद्देश्य अनुरुप नियामक निकायको स्विकृतीमा बोन्ड जारी गर्ने कुराका बारेमा जानकारी दिनु गैरकानुनी हैन ।

के बैंकले ३० मिलियन बराबरको अन्तराष्ट्रिय बोन्ड जारी गर्न लागेकै हो त ?

हाम्रो प्रश्नमा निफ्राका प्रबक्ता सुवर्णकुमार सिंहले निफ्राको बार्षिक प्रतिवेदनमै अन्तराष्ट्रिय बोन्डहरु जारी गर्न सकिने प्रस्ताव पारित भइसकेको र नियमक निकाय राष्ट्र बैंकबाट पनि पहिलो चरणको अनुमति प्राप्त गरिसकेकाले अन्तराष्ट्रिय बोन्डहरु जारी गर्ने सन्दर्भमा कुनै द्विविधा नरहेको बताए ।

सिंहका अनुसार अहिले अन्तराष्ट्रिय बोन्ड जारी गर्न बोन्डको संरचना र्निमाणको काम भइरहेको छ । बैंकको मुख्य उद्देश्य नै राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायबाट स्रोतहरु संकलन गरी पुर्वाधार र्निमाणको क्षेत्रमा लगानी गर्ने भएकाले निकट भविश्यमा नै अफसोर बोन्ड जारी गरिने उनको भनाइ छ । कहाँको स्टक एकस्चेन्जबाट गर्ने र कहिले गर्ने भन्ने बिषयमा अहिलेसम्म औपचारिक निर्णय भने नभएको उनको भनाइ छ ।

निफ्राले अन्तराष्ट्रिय बोण्ड जारी गर्ने बारे के भन्छ राष्ट्र बैंक ?

के नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई अन्तराष्ट्रिय बोन्ड जारी गर्न राष्ट्र बैंकले अनुमति दिएको छ ? भन्ने हाम्रो प्रश्नमा नेपाल राष्ट्र बैंकका डपुटी प्रबक्ता एवं सूचना अधिकारी नारायप्रसाद पोख्रेलले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल राष्ट्र बैंकको २०७६ माघ १४ गतेको बैठकले ५० मिलियनसम्मको बोन्ड जारी गर्न सक्ने गरी अनुमति प्रदान गरेको जानकारी दिए ।

निफ्रालाई बैंक तथा बित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा ४९ को उपदफा ५ (घ) बमोजिम बोन्ड जारी गर्ने अनुमति दिइएको हो । उक्त दफामा राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने भनि उल्लेख गरिएको छ । त्यस्तै उक्त उपदफाको खण्ड (ङ) मा दीर्घकालिन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी स्रोत परिचालन गर्ने भनि उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले निफ्रालाई विभिन्न सर्तहरु पालना गर्ने गरी बोन्ड जारी गर्न अनुमति प्रदना गरेको हो । बोन्ड जारी गर्दा निफ्राले ८.५ प्रतिशतभन्दा बढीको कुपन रेटमा गर्न पाउने छैन । जसमा अन्य सम्पूर्ण खर्चहरु समेत समावेश भएको हुनुपर्ने छ । त्यसैगरी ऋणपत्रको भुक्तानी अवधि कम्तिमा पनि ३ बर्षको हुनु पर्ने छ । ऋणपत्रबाट संकलित श्रोत पूर्वाधार निर्माणमा लगानी गर्न नसकेमा निफ्राले त्यस्तो लगानी गर्न नसकेको रकमको पोलिसी रेटमा राष्ट्र बैंकलाई पेनाल्टी तिर्नु पर्ने र त्यसरी प्राप्त रकम अन्तर बैंकमा पनि लेन्डिङ गर्न नपाइने सर्त राखिएको छ ।

अन्तराष्ट्रिय बोन्ड जारी गर्दा निफ्राले सम्पत्ती सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र निति नियमको पूर्ण पालना गर्नु पर्ने सर्त पनि राष्ट्र बैंकले राखेको छ ।

अन्तराष्ट्रिय बोन्ड जारी गर्न अनुमति दिईएको यो पहिलो पटक भने होइन । राष्ट्र बैंकको तर्फबाट पहिलो पटक निफ्रालाई अनुमति दिइएको भएता पनि यसअघि २०७६ कात्तिक २९ गते र मंसिर ३ गते बसेको मन्त्री परिषद् बैठकले आइएफसी (इन्टरनेशनल फाइनान्स कर्पोरेसन) लाई २० मिलियन अमेरिकी डलर बराबरको बोन्ड जारी गर्ने स्विकृती प्रदान गरेको थियो । 

अहिलेको बजार Technical Bull, अबको बजार के दिगो होला? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको