Like us!
Follow us!
Connect us!
Watch us!

KTMको नयाँ मोटरसाइकल बजारमा, के-के छन् विशेषता ?

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १३ : ०३ मा प्रकाशित

KTMको नयाँ मोटरसाइकल बजारमा, के-के छन् विशेषता ?

 मोटरसाइकल ब्राण्ड, KTM ले बहु–प्रतिक्षित KTM 250 Adventure लन्च गरेको छ । अब  देशभरिका KTM शोरुममा बुकिङ्ग खुला गरिएको छ । यसको मूल्य रु. ७ लाख ४९ हजार ९ सय निर्धारण गरिएको छ ।

नेपालमा व्यापकरुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि KTM 250 Adventure लन्च गरिएको हो । यस अघिको KTM 250 Adventure ले उत्साहिहरुको कल्पनात्मकता र अपेक्षालाई पूरा गरेको थियो । एड्भेन्चर बाइकिङ्गको संसारमा ग्राहकहरुलाई पहिलो कदम चाल्न लगाएर KTM 250 एड्भेन्चर ले यो फ्रेन्चाइजलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

उत्कृष्ट ह्यान्डलिंग र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर नवीनतम एडिशन हो । यसको वृहत् डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर, KTM एड्भेन्चर  अत्यन्त  विशेषताहरु प्रदान गर्दछ, जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्री प्वाईट हो ।

क्लास लिडिङ पर्फमेन्स
KTM 250 एडभेन्चरमा एक शक्तिशाली, २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ, जसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ, जुन बढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ । इलेक्ट्रोनिक फ्यूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कमा प्रदर्शन संख्या बढाउन मद्दत गर्दछ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्दछ र सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ्ग गर्न मद्दत गर्छ । संक्षेपमा भन्नु पर्दा, यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिंग र डाकार र्याली हेरिटेज अपनाउँछ, जसले KTM एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।

एड्भेन्चरको लागि बनाइएकोः
उच्च–स्तरीय कम्पोनेन्ट्री भएको प्त्ः द्दछण् ब्मखभलतगचभ , ध्ए ब्एभ्ह् सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ mm ट्राभल रेन्ज हुन्छ भने ध्ए ब्एभ्ह् अपसाइड–डाउन ४३ mm अगाडिको फोर्कमा १७७ mm ट्राभल रेन्ज हुन्छ । यसमा हेभ्भी–ड्यूटी काष्ट व्हीलहरु WP APEX र ट्राभल–स्पेसिफिक ट्यूबलेस टायर्स छ र यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पीङ प्रदान गर्छ । 
ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक BYBRE ब्रेक्समा ४–पिस्टन र्याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० mm रियर ब्रेक डिस्क र लार्ज ३२० mm फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक BS6 प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साँगुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ ।
१४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने द्यक्ट ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको