दुगड आइरन उद्योगका सञ्चालक प्रकाश दुगड चेक बाउन्स कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले दुगडलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीविरुद्ध गत माघमा किटानी जाहेरी उजुरी परेको थियो । पीडितले ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि कारबाहीका लागि उजुरी दिएका थिए ।
उजुरीलगत्तै जिल्ला अदालत, काठमाडौंले दुगडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस