Like us!
Follow us!
Connect us!
Watch us!

यस साता नेप्सेमा थपियो ९ कम्पनीको सेयर, हेर्नुस् कुनको कति कित्ता

नेप्से

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ३६ मा प्रकाशित

यस साता नेप्सेमा थपियो ९ कम्पनीको सेयर, हेर्नुस् कुनको कति कित्ता

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा नयाँ कम्पनी थपिएको छ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड यस साता नेप्सेमा नयाँ थपिएका २ कम्पनी हुन् ।  यी २ कम्पनीसहित यस साता नेप्सेमा ९ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । 

यस साता नेप्सेमा सूचिकृत भएकाे सेयर विवरण यस प्रकारकाे छ :

हिमालयन बैंक लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे एक कराेड ३१ लाख २१ हजार एक सय ९४ कित्ता सेयर

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको एक कराेड ८० लाख कित्ता आईपीओ

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० लाख कित्ता आईपीओ

ग्लोबल आइएमई बैंक लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे २ कराेड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर

लुम्बिनी विकास बैंक लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे १९ लाख एक हजार ४ सय १८ दशमलव २१  कित्ता सेयर

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २.५ प्रतिशत बाेनस बराबरकाे १५ हजार कित्ता सेयर

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २१ हजार कित्ता बोनस सेयर

नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बाेनस सेयर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको