Like us!
Follow us!
Connect us!
Watch us!

कति आयो नागरिक लगानी कोषको लिलामी सेयरको कट अफ प्राइस ?

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १३ : २० मा प्रकाशित

कति आयो नागरिक लगानी कोषको लिलामी सेयरको कट अफ प्राइस ?

नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू हिजाे (चैत्र ७ गते, शनिबार) खोलिएकाे छ ।

उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ । 

प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा ३ हजार ५ सय ४ रुपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । तर अन्तिम तथ्यांक भने आइसकेकाे छैन । अन्तिम कट अफ मूल्य अहिले आएको प्रारम्भिक कट अफ मूल्य भन्दा फरक हुन सक्नेछ ।

कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको