Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा छायो उमंग !

नेप्से

आइतबार, ०८ चैत्र २०७७, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा छायो उमंग !

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा हरियाली छाएकाे छ । गत मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले आइतबार पनि उकालाे यात्रा तय गरेकाे हाे । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ मा पुगेकाे छ । नेप्से २.५६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.४४ अंकले बढेर ४५३.५९ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड २४ लाख ३० हजार २ कित्ता सेयर खरिदबिक्री हुँदा  ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार आइतबार सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । यता मिथीला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । 

हेराैं आजकाे शेयर तालिका :

605711e401b14.jpg 605711e9867a1.jpg 605711ef0df49.jpg 605711f454ac6.jpg 605711f94b59f.jpg 605711ff47781.jpg 60571209c7ae6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको