Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ता मख्खै

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १५ : २० मा प्रकाशित

सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ता मख्खै

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा हरियाली छाएकाे छ । गत मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले आइतबार पनि उकालाे यात्रा तय गरेकाे हाे । नेप्सेमा हरियाली देखिन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ मा पुगेकाे छ । नेप्से २.५६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.४४ अंकले बढेर ४५३.५९ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीकाे एक कराेड २४ लाख ३० हजार २ कित्ता सेयर खरिदबिक्री हुँदा  ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

सेयर बजारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् ।

605714273e488.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको