कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख ९ हजार १६९.५० कित्ता सेयरको लइकन अवधि आउँदो साउन ६ गते सकिंदैछ । संस्थापक सेयरधनीतर्फको १० लाख ७२ हजार ४३४ कित्ता, संस्थाका कर्मचारीतर्फको २ हजार ६८०.७० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख ३४ हजार ५४.८० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।
सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ । लकइन अवधि समाप्त भएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस