Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

आइतबार, ०८ चैत्र २०७७, १५ : ४२ मा प्रकाशित

यी हुन् आइतबार सर्वाधिक कारोबार भएका १० कम्पनी

आज (आइतबार) सेयर बजार चम्किएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ मा पुगेकाे छ । नेप्से २.५६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.४४ अंकले बढेर ४५३.५९ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड २४ लाख ३० हजार २ कित्ता सेयर खरिदबिक्री हुँदा  ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, चम्किएकाे बजारमा क्रमश: नेपाल बङ्गलादेश बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अपर तामाकाेशी, नबिल बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन डिष्टीलरी र अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

605711f94b59f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको